विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

अर्थ चौतारी

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

A A- A+

मोरङ- काठमाडौंबाट विराटनगरका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सवार बुद्ध एयरको जहाज झापाको चन्द्रगढी पुगेको छ ।आइतबार दिउँसो विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्धको उक्त जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।बुद्ध एयरको ७०५ विमान विराटनगरको मौसम बिग्रिएपछि भद्रपुरमा आकस्मिक अवतरण गरेको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले बताए ।आइबार दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ गएको छ ।विमानमा चालक दलसहित ७० जना यात्रु थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?