आज नेप्से २ दशमलव ०८ अङ्कले बढ्यो, कति भयो कारोबार रकम ?

आज नेप्से २ दशमलव ०८ अङ्कले बढ्यो, कति भयो कारोबार रकम ?

अर्थ चौतारी

आज नेप्से २ दशमलव ०८ अङ्कले बढ्यो, कति भयो ...

A A- A+

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा २ दशमलव ०८ अङ्कले वृद्धि भएको छ। पछिल्ला ४ कारोबार दिन लगातार गिरावट भएको नेप्से परिसूचक बिहीबार २.०८ अङ्कले बढेर २६५८.०२ विन्दुमा पुगेको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अङ्कले बढेको छ ।

बिहीबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक २.२९ प्रतिशत बढेको छ ।
व्यापार उपसमूह, बैङ्किङ, जलविद्युत , म्युचुअल फण्ड परिसूचक सामान्य बढेको छ । तर होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकसँगै बिहीबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

तर,यता कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको शेयर मूल्य भने ७.१२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको यस दिन ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?