इजरायलको रोजगार भर्नाको स्वच्छतामा प्रश्न उठेपछि खुल्यो भाषा परीक्षा आवेदन

इजरायलको रोजगार भर्नाको स्वच्छतामा प्रश्न उठेपछि खुल्यो भाषा परीक्षा आवेदन

अर्थ चौतारी

इजरायलको रोजगार भर्नाको स्वच्छतामा प्रश्न उठेपछि खुल्यो भाषा परीक्षा ...

A A- A+

काठमाडौं । ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेको छ । सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आह्वान गरेको आवेदनको प्रक्रियालाई प्रभावित गर्न बन्द टेस्टको आवेदन गत २१ असारदेखि बन्द गरिएको थियो । तर, बधारबार रातिदेखि आगामी १ असारसम्मका लागि परीक्षा आवेदन खुलेको हो । अब एफईटीको परीक्षा लिन थालिएको छ ।

वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनामा अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्र अनिवार्य भनिएको छ । विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाण पत्रका रुपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को कम्तीमा ‘ए २ लेभल’को प्रमाणपत्र तोकिएबमोजिम अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । तर, आवेदन अवधिमै परीक्षा फारम बन्द गरिएको थियो । फारम भर्न नपाएपछि इच्छुक उम्मेदवारले परीक्षा दिन खोज्दासमेत नपाउने अवस्था उत्पन्न भएको थियो ।आवेदन दिंदा नै ब्रिटिस काउन्सिलबाट ‘एफईटी’मा ए २ लेभल उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य गरेर परीक्षा फारम बन्द गरिएपछि इजरायलको रोजगार भर्ना प्रक्रिया विवादमा फसेको छ ।

इजरायलको आवेदनमा अनिवार्य गरिएको ‘एफईटी ए २ लेभल’ बेसिक इंग्लिस कोर्स बराबरको हो । तर, ब्रिटिस काउन्सिलकै प्रमाणपत्र मागेर सरकारले नै परीक्षा बन्द गर्न ब्रिटिस काउन्सिललाई दबाब दिएको थियो । ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा भने दिनै नपाइने अवस्था बनाइएपछि सरकारको नियतमाथि प्रश्न उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?