एमालेको सचिवालय बैठक बिहीबार

एमालेको सचिवालय बैठक बिहीबार

अर्थ चौतारी

एमालेको सचिवालय बैठक बिहीबार

A A- A+

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।यसै गरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो। महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ ।बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?