काठमाडौं- संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित विधेयकलाई सरकारले राष्ट्रिय सभामा लगेको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको थियो ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक पारित भएकोबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गरासहित टेबुल गराएका हुन् । राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच