प्रियंका चोपडालाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय

प्रियंका चोपडालाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय

अर्थ चौतारी

प्रियंका चोपडालाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने ...

A A- A+

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई यतिबेला एकपछि अर्को सफलताले पछ्याइरहेको छ । पछिल्लो रिलिज फिल्म ‘स्त्री २’ पछि उनी सुपरस्टारको श्रेणीमा उभिएकी छन् ।

इन्स्टाग्राममा पनि उनको एकपछि अर्को रेकर्ड कायम छ । गत साता उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारिन् । प्रधानमन्त्री मोदीपछि श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाउने दोस्रो भारतीय बनेकी छिन् । उनी इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला समेत बनिन् । उनलाई ९२.१ मिलियनले पछ्याएका छन् ।

यो मामिलामा उनले अर्की भारतीय अभिनेत्री प्रियंका चोपडालाई समेत उछिनेकी छन् । ‘स्त्री २’ को सफलतापछि श्रद्धाका फलोअर्स ह्वात्तै बढेका छन् । अहिलेसम्म प्रियंका यो मामिलामा अन्य स्टारभन्दा अघि थिइन् । भारतीय क्रिकेटर विराट कोहली २ करोड ५० लाख फलोअर्सका साथ सबैभन्दा अगाडि छन् । ‘स्त्री २’ रिलिज हुनुअघि इन्स्टाग्राममा श्रद्धाका २५ लाख फलोअर्स थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?