जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

अर्थ चौतारी

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

A A- A+

जुम्ला, भदौ ८ । जिल्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ। गुठीचौर गाउँपालिका-३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टी एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए।

जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो। चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप ९ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ।

जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ। यहाँका आठवटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?