अजित आफैंले बोकेको राइफलले निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष

अजित आफैंले बोकेको राइफलले निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष

अर्थ चौतारी

अजित आफैंले बोकेको राइफलले निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष

A A- A+

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?