काठमाडौं, ७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बेरोजगारी समस्या हल गर्नका लागि राज्यलाई आवश्यक पूँजी, तालिम, बजार लगायतका आवश्यक कार्यक्रमहरूसँगै योजना निर्माण गरी प्रत्येक पालिकाहरूमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरेको छ ।
जसपा नेपालले शीप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ ।
जसपा नेपालले भनेको छ, ‘आदिवासीहरूको परम्परागत ज्ञान र शीपलाई संरक्षण र विकास गरी उत्पादन कार्यमा लगाउन आवश्यक व्यवस्था गरिनुपर्दछ ।’
साथै पार्टीले बेरोजगार युवाहरूको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएको छ । जसपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ६७ बुँदे समसामयिक राजनीतिक निर्णय गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच