काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको भन्दै कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे । त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।
उनले प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने बताए ।
केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ ।
ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो । ढुंगा खानीबारे खरो बोलेका बस्नेत सिन्धुपाल्चोकका अवैध क्रसरबारे भने मौन देखिए ।
आफू स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक ३९ वटा स्वास्थय चौकी बनाउनका लागि बजेट निकासा गरेको उनले सुनए ।
‘अर्थमन्त्रालयले बजेट सील गरिसकेको थियो तर मैले हंगामा गरेर त्यति धेरै बजेट पठाउन सफल भएँ’, बस्नेतले भने ।
सिन्धुपाल्चोकमा आफूबाहेक अरु कुनै पनि जनप्रतिनिधिले ठूलो आकारको बजेट ल्याउन नसकेको उनले दाबी गरे ।
‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन, म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच