काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपचुनावमा भाग लिने निर्णय गरेको छ । रास्वपाको आज बिहानदेखि बसेको केन्द्रीय समिति बैठकले आगामी उपचुनावमा भाग लिने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रभावकारी बनाउन चुनाव केन्द्रित कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । “यसै महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरुप पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने,” रास्वपा केन्द्रीय समितिको निर्णयमा भनिएको छ, “स्थानीय तहको आसन्न उपनिर्वाचनलक्षित पार्टी गतिविधिलाई तीव्र बनाउने ।”

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच