काठमाडौं– नायक अनमोल केसीले फिल्म ‘फर्कीफर्की’का लागि लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन् ।निर्माता अधिकारले आइतबार मात्रै अनमोलले कर तिरेको रसिद फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । जसमा ५० लाख रुपैयाँ आम्दानीको १५ प्रतिशत टीडीएस तिरेको देख्न सकिन्छ ।निर्माता अधिकारी भन्छन्, ‘कलाकारको पारिश्रमिक र करबारे पारदर्शीता होस् भनेर रसिद सार्वजनिक गरेको हौं ।’यससँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ । यसअघि उनीमाथि चर्चाकै लागि मात्र बढी पारिश्रमिक लिएको हल्ला फैलाएको आरोप लाग्ने गरेको थियो ।अनमोल एक फिल्मका लागि सो रकम बराबरको पारिश्रमिक लिएर कर तिरेको सार्वजनिक गर्ने पहिलो नायक बनेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच