काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने उनले बताए। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो।भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियानबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कर्णाली विशेष अभियानबारे पनि यसअघि बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेको हो।
कर्णाली विशेष अभियानको कार्ययोजना बनाउने जिम्मा सहमहामन्त्री विपीनकुमार आचार्यले पाएका छन्। सबै प्रदेशमा सभापति समेतको उपस्थितीमा कार्यक्रम गर्नेबारे पनि छलफलको कार्यसूची रहेको झाको भनाइ छ। यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्ने कार्यसूची छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच