रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ चौतारी

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?