काठमाडौँ । काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् । काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ । आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइएको छ । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच