काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आजदेखि पाँच दिनका लागि भारत भ्रमणमा निस्केकी छन् । भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन् । तर उनको यो भ्रमण रक्षा बन्धनका कारण चर्चामा छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेलाई राखी बाँधेकी आरजुको भारत भ्रमण रक्षा बन्धनकै पूर्वसन्ध्यामा भएका कारण पनि चर्चामा छ ।

२०७८ भदौ ६ गते नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख चौथाईवालेले प्रधानमन्त्री निवासमै गएर आरजुको हातबाट राखी बाँधेका थिए । त्यतिबेला कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।
आरजुले राखी बाँधेपछि भारतसँग विशेष सम्बन्ध सुरु भएको चर्चा भएको थियो । सोमबार रक्षा बन्धन पर्व छ । आइतबार परराष्ट्रमन्त्री आरजु भारतको दिल्ली पुगेकी छन् ।
रक्षा बन्धनको अवसरमा सोमबार परराष्ट्रमन्त्री आरजुले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी बाँध्ने भनिएको छ । परराष्ट्रमन्त्री आरजुका निजी सचिवालय स्रोतका अनुसार राखी बाँध्ने कार्यक्रमलाई भ्रमण तालिकामा राखिएको छैन तर भेटघाट भयो भने चौथाइवालेलाई राखी बाँध्ने सम्भावना छ ।
२०७८ मा कांग्रेसका नेता प्रकाशरण महतको निमन्त्रणामा चौथाईवाले नेपाल भ्रमण आएका थिए । रक्षा बन्धनकै दिन उनी नेपाल आएका थिए र भ्रमणको सुरुवातमै आरजुले उनलाई राखी बाँधिदिएकी थिइन् ।

राखी बाँधिएकै कारण चौथाईवाले र आरजुको सम्बन्ध दाजु–बहिनीको जस्तै भएको थियो । त्यसपछि आरजु जतिपटक भारत भ्रमणमा जान्थिन्, चौथाईवालेसँग भेटघाट हुन्थ्यो । उपचारका लागि भारत गएको बेला पनि चौथाईवालेले उनलाई पटक पटक अस्पताल गएर भेट गरी उनको बारेमा जानकारी लिएका थिए ।
विदेश विभाग प्रमुख चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । विदेश मन्त्रालयमा चौथाईवालेको विशेष पकड छ र एस.जयशंकरले पनि चौथाईवालेको कुरा सुन्छन् ।
त्यही भएर अरु परराष्ट्रमन्त्री भन्दा आरजुको भ्रमण विशेष हुने बताइएको छ । परराष्ट्रमन्त्री आरजु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने सम्भावना चौथाईवालेका कारण सम्भव हुने देखिएको छ ।
यो भ्रमणमा परराष्ट्रमन्त्री आरजुले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम तालिकामा राखिएको छैन, भेटको भारतमै छिनोफानो हुन्छ ।’
भारतीय प्रधानमन्त्री मोदीसँग कुन समयमा भेट्ने समय मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको भ्रमणको विषयमा पनि त्यहाँ कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री ओली पनि भारतको भ्रमण गर्ने तयारीमा छन् । त्यसअघि भदौ १८ मा थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन उनी त्यता जाने बुझिएको छ । परराष्ट्र मन्त्रालयले त्यसको तयारी पनि थालिसकेको छ । थाइल्याण्डबाट फर्केपछि उनी अमेरिका जानेछन् । असोज ८ गतेदेखि सुरु हुने संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन अमेरिका जाने परराष्ट्र स्रोतले जनाएको छ ।
‘त्यसअघि भारत जाने सम्भावना अहिलेलाई देखिएको छैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भयो भने असोजको अन्तिम वा कात्तिकमा हुने देखिन्छ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच