काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
पछिल्लो समय मधेसका मन्त्रालयहरूको कार्यक्रम तथा योजनाहरू समयमै सम्पन्न नहुने, बजेट अत्यधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्री सिंहले बताए । मन्त्रालयहरूको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरूसँग सम्झौता गरिएको उनले बताए । मन्त्रालयका योजनाहरू कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाइ वा समस्या भइरहेको छ भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने मुख्यमन्त्री सिंहले बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच