भियन्ना । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अस्ट्रिया भ्रमणमा पुगेका थिए । अस्ट्रियाको राजधानी भियन्नामा त्यहाँका चान्सलर कार्ल नेहमरसँगको भेटघाटमा उनले युक्रेन युद्धलगायत धेरै विषयमा कुराकानी गरेका थिए । ‘सबैभन्दा पहिले त म न्यानो स्वागतका लागि चान्सलर नेहमरलाई कृतज्ञता व्यक्त गर्दछु । मेरो तेस्रो कार्यकालको सुरुमा अस्ट्रिया भ्रमण गर्ने अवसर पाएकोमा म खुसी छु,’ प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘मेरो यो भ्रमण ऐतिहासिक र विशेष दुवै हो । ४१ वर्षपछि कुनै पनि भारतीय प्रधानमन्त्री अस्ट्रियाको भ्रमणमा आएका छन् । यो पनि सुखद संयोग नै हो कि पारस्परिक सहयोगको ७५ वर्ष पूरा गरेको बेला यो भ्रमण भएको छ ।’ आफू र नेहमरबिच कयौँ अर्थपूर्ण कुराकानी भएको उनले बताए । यस भेटमा आपसी सहयोगलाई थप सुदृढ पार्न नयाँ सम्भावनाहरू पहिचान गरिएको, सम्बन्धलाई रणनीतिक दिशा दिने निर्णय भएको र आगामी १० वर्षसम्मको लागि सहयोगको खाँका तयार पारेको पनि उनले बताइएको छ । चान्सलर र आफूले युक्रेनलगायत विश्वमा भइरहेको सबै विवादबारे कुराकानी गरेको उनको भनाइ छ । ‘यो युद्धको समय होइन भनेर पनि मैले पहिले पनि भनेको छु । युद्धको मैदानमा समस्या समाधान हुन सक्दैन । जहाँसुकै होस् निर्दोषको मृत्यु स्वीकार्य छैन,’ मोदीले भनेका छन् ।
कार्ल नेहमरले के भने ?

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच