काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो ।
उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको सशस्त्र प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार भारततर्फ फिर्ता गराइएका बंगलादेशी नागरिकहरुमा ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगम छन् । उनीहरुलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो ।
बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नु परेपछि त्यसको असर नेपालमा समेत पर्ने भन्दै उच्च सतकर्ता अपनाएर सीमा सुरक्षामा अहिले कडाइ गरिएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच