काठमाडौं : राष्ट्रिय परिचयपत्रको तस्बिर खिचाउँदा गरगहना फुकाल्न र सिन्दुर पुछ्न नपर्ने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मातहतका निकायलाई परिपत्र गर्दै चार बुँदे निर्देशन दिएसँगै गरगहना फुकाल्नुपर्ने र सिन्दुरसमेत पछ्नुपर्ने झन्झट हटेको हो। चार बुँदे निर्देशनको पहिलो बुँदामै सिन्दूर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने भनिएको छ। यस्तै अन्य बुँदा मातहतका कर्मचारी र उनीहरूको प्रयोजनका लागि रहेको छ। यसअघि राष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा टोपीसहित नाक, कान र घाँटीमा लगाएका गरगहना फुकाल्न लगाउनुका साथै महिलाहरूलाई मेकअप र सिन्दुर समेत पुछ्न लगाउने गरिएको थियो। यद्यपि विभागकी सूचना अधिकारी अम्बिका खत्री भने यसअघि पनि गरगहना फुकाल्न र सिन्दुर पुछ्न नलगाएको दाबी गर्छिन्।उनी भन्छिन्- ‘यसअघि पनि सामान्य गरगहना फुकाल्न र सिन्दुर पुछ्न हामीले भनेका छैनौँ। अनुहारको आकृति नै छोपिने अवस्थामा मात्र गरगहना फुकाल्न लगाएका हौँ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच