डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सातजना सार्वजनिक

डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सातजना सार्वजनिक

अर्थ चौतारी

डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका ...

A A- A+

काठमाडौँ । डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुन र नगदसहित पक्राउ गरेको हो।

उनीहरू काठमाडौं महानगरपालिका- २४ दुछेंननी टोलबाट पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूबाट १ किलो ७ सय ६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका- टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु र आयुष बडु, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन्।

यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?