काठमाडौं । पेरिस ओलम्पिक–२०२४ मा नेपालकी अन्तिम प्रतिस्पर्धी धाविका सन्तोषी श्रेष्ठ महिला म्याराथनको ७९औँ स्थानमा आएकी छन् ।
कुल ९२ एथलिट सहभागी म्याराथनमा सन्तोषीले ७९औँ स्थान हासिल गरेकी हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी दुई घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन् ।
यसमा नेदरल्यान्ड्सकी सिफन हसनले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, इथियोपियाकी टिग्स्ट असेफाले निर्धारित दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै रजत जितिन् । केन्याकी हेलेन ओबिरीले निर्धारित दुरी दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गर्दै काश्य जितिन् ।
योसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडीको चुनौती समाप्त भएको छ । ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सन्तोषी अन्तिम खेलाडी हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच