धनगढी । कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-७ मनेहराका २७ वर्षीय सन्जित राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रानालाई ३१० मिलिग्राम लागूऔषधसहित बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।यसैगरी गोदावरी नगरपालिका–३ चौकिडाडाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २५ वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ। चौधरीलाई १.३३० ग्राम लागूऔषध (खैरो हेरोईन) र ३.६३० ग्राम माटो जस्तो देखिने पदार्थसहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच