काठमाडौं– अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् । माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक दुई लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार रहेकोले साउन १५ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति समेत जारी भएपछि उनको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार तारकेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच