आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिने ओखलढुंंगाका फुरिङ्जी शेर्पा पक्राउ

आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिने ओखलढुंंगाका फुरिङ्जी शेर्पा पक्राउ

अर्थ चौतारी

आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिने ओखलढुंंगाका फुरिङ्जी ...

A A- A+

काठमाडौं । ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाई राखिएको देखिन्छ ।त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबाट पोस्ट भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?