सुदूरपश्चिममा तीन दिनसम्म अत्याधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ। सो कार्यालयका प्रमुख इ. सञ्जयकुमार साहले तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनुपर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनु पर्ने बताउनुभयोमहाकाली बेसिनका प्रमुख इ. साहका अनुसार शुक्रबार ११:३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ। मनसुन न्युन चापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान महाशाखाले पनि गरेको छवर्षाले कैलालीको भजनी क्षेत्र डुवानमा परिसकेको छ। ढल निकास नहुँदा प्रदेशको अस्थायी राजधानी धनगढीका केही टोल पनि डुवानमा छन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच