बङ्गलादेश :  एटीएममा छैन पैसा, बैंकमा एक लाख टाकाभन्दा बढी झिक्न नपाइने

बङ्गलादेश : एटीएममा छैन पैसा, बैंकमा एक लाख टाकाभन्दा बढी झिक्न नपाइने

अर्थ चौतारी

बङ्गलादेश : एटीएममा छैन पैसा, बैंकमा एक लाख टाकाभन्दा ...

A A- A+

ढाका । बङ्गलादेशमा एटीएमहरू बन्द भएका छन् । हिंस्रक प्रदर्शनबीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै केही दिनयता बैंकका ग्राहकहरूले एटीएमबाट पैसा झिक्न सकेका छैनन् ।

सुरक्षाको अभावका कारण बैंकहरूले एटीएममा पैसा राख्न छाडेका छन् । जोखिम धेरै भएको ठाउँमा बैंकहरूले आफ्ना शाखा र आउटलेटहरू नै बन्द गरेर बसेका छन् ।

एक पटकमा १ लाख बंगलादेशी टाकाभन्दा धेरै भुक्तानी नदिन केन्द्रीय बैंक बङ्गलादेशले पनि बैंकहरुलाई मौखिक निर्देशन दिएको छ । सम्भव भएसम्म शाखाहरूमा पैसा नपठाउन पनि निर्देशनमा भनिएको छ ।

देशभरमा कमजोर सुरक्षा व्यवस्था र लुटपाटका सम्भावनाका कारण यस्तो निर्देशन दिइएको बङ्गलादेशका कार्यकारी निर्देशक तथा प्रवक्ता मोहम्मद मेजबाउल हकले अङ्ग्रेजी भाषाको बङ्गलादेशी दैनिक पत्रिका द डेली स्टारलाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?