कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको पत्र

कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको पत्र

अर्थ चौतारी

कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको पत्र

A A- A+

विपक्षी नेपाली कांग्रेसले कोशी प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको छ।

कांग्रेस संसदीय दलले आइतबारको प्रदेश सभा बैठक स्थगन गर्न सभामुखसँग माग गरेको हो।
कोशी सरकारबारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले अदालतबाट मुद्दा टुंगो नलागेसम्म प्रदेश सभा बैठक अघि नबढाउन माग गरेको छ।
‘वैशाख २७ गते गठित कोशी सरकार गठनका क्रममा वैधानिक प्रक्रिया नपुगेको प्रश्न अहिलेसम्म निरुपण हुन सकेको छैन,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘सरकार गठनको विषयमा निचोडमा पुग्नकै निम्ति सर्वोच्च अदालतले यही जेठ १६ गतेलाई मुद्दाको पेशी तोकेको छ। अदालतमा विचाराधीन यो मुद्दाको टुंगो नलागेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नहुने पक्षमा हामी उभिएका छौं।’

बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र सभामुख अम्बरबहादुर विष्टलाई बुझाएको तामाङले जानकारी दिए। कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो।

अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए। अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कां‌ग्रेस पहिलो बैठकमा अनुपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?