लालबकैया नदीमा डुबेका युवकको शव ४ किलोमिटर टाढा फेला

लालबकैया नदीमा डुबेका युवकको शव ४ किलोमिटर टाढा फेला

अर्थ चौतारी

लालबकैया नदीमा डुबेका युवकको शव ४ किलोमिटर टाढा फेला

A A- A+

रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव ४ किलोमिटर टाढा फेला परेको छ । परोहा नगरपालिका ४ का १६ वर्षीय सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलवार साँझ फेला पारेको हो । गत आइतबार अपराह्न ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद् उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलवार शव फेला पारेको सशस्त्रका एसपी विक्रम हुमागाईँले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?