तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच