रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अमरैयामा २५ वर्षीय एक युवाले आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेका छन् । बुवाकाे उद्धारको लागि आएका छिमेकीलाई समेत उनले साेही काेदालेले हानेर मारे ।
२५ वर्षीय हेमराज थारुले शुक्रवार बिहान करिब १०ः३० बजे ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारकाे हत्या गरेका हुन् । एउटै काेदालाेले हानेर दुवैकाे हत्या गरेकाे सो वडाका वडा सदस्य विकास क्षेत्रीले बताए ।
घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।‘म त घटनास्थल पुगेर पनि हेर्न सकिनँ । कोदालोले हानेर ढलाएर पछि काटेर टाउको अलग बनाएको छ,’ क्षेत्रीले सुनाए । घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले हेमराजलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले हत्या अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच