काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइने भएको छ । विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज बिहान ११ बजे मुख्य दलका शीर्ष नेताहरुलाई संयुक्त रुपमा प्रतिवेदन बुझाउन लागेको हो । सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् ।
कार्यदल सदस्य महेश बर्तौलाले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउन लागिएको जानकारी दिए । शीर्ष नेताहरुले प्रतिवेदन अध्ययन गरेपछि थप छलफल गर्नुपर्ने विषयमा तीन शीर्ष नेताले टुंगो लगाउने छन् ।
विधेयकमा नमिलेका विषयमा सहमति जुटाउन कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच