बैकुण्ठ अर्याल बयानका लागि अदालत हाजिर

बैकुण्ठ अर्याल बयानका लागि अदालत हाजिर

अर्थ चौतारी

बैकुण्ठ अर्याल बयानका लागि अदालत हाजिर

A A- A+

काठमाडौं । भ्रष्टाचारको अभियोगमा मुद्दा दायरपछि मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याल बयानका लागि विशेष अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी बयान दिन पुगेका हुन्  अर्यालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष छ । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?