जादा जादै भाबुक बने निवर्तमान अध्यक्ष  केसी!!!

जादा जादै भाबुक बने निवर्तमान अध्यक्ष केसी!!!

अर्थ चौतारी

जादा जादै भाबुक बने निवर्तमान अध्यक्ष केसी!!!

A A- A+

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारप्रति गुनासो पोखेका छन् । कार्यकाल समाप्तिकाे दुई दिनपछि नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको  बिहीबार आयोजित बिदाई कार्यक्रममा केसीले बताए ।

नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्न सरकारले के गर्‍यो भन्दै उनले प्रश्न तेर्स्याए । नेपाली फिल्मले आजको दिनसम्म पनि विदेशीसँग प्रतिस्पर्धा गरिराखेको उनले बताए । केही निर्माता, केही कलाकार र केही निर्देशकले घरखेत बेचेर घरेलु फिल्मलाई यहाँसम्म ल्याएको उनले बताए ।

‘नेपाली चलचित्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान जिरो छ । मैले यो गर्दिएँ है भनेर गौरव गर्नलाई नेताहरुले भाषण ठोक्नलाई कुनै ठाउँ छैन ।’‘नेपाली सिनेमा क्षेत्रमा धेरै गर्न बाँकी छ । जति काम भयो, कम भने होइन । नेपाली फिल्मले छलाङ मारेको छ,’ बिदाई मन्तव्यमा उनले भने ।

कुनै स्वार्थ विना आफू बोर्डमा आएको उनले बताउदै  आगामी दिनमा पनि म चलचित्रमा योगदान दिएर अघि बढ्छु र कलाकारिता छोडेर म कतै जाने छैन,’ उनले भने ।काम गर्दा सोचेको जस्तो हुन नसकेको उनले स्वीकारे । ‘तर मेरो प्रयास जारी थियो । मेरो उद्देश्य राष्ट्रिय चलचित्रलाई राम्रो गराउनु थियो । जुन चीज मैले यहाँ आएर थाहा पाएँ,’ उनले भने, ‘अन्जानमा नराम्रो काम गरेको छु भने क्षमा माग्न चाहन्छु ।’बोर्डका सदस्य-सचिव लगायतले केसीलाई बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?