वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

अर्थ चौतारी

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

A A- A+

काठमाडौँ - काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।

१५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक सुरक्षित गरेका हुन् । लामो समय खेलकुद क्षेत्रमा व्यतीत गरी मार्सल आर्टका ग्रान्ड मास्टरसमेत रएका स्थापितले यसअघि भारतमा भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा समेत नेपालको लागि पदक सुरक्षित गरेका थिए । यस प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको समाचार छ भने खेलाडीहरू आज नेपाल फर्कने सूचना प्राप्त भएको छ।

नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पंक्तिमा राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएका हुन् जसमा राज्यको तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन। आशा गरौं  अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अङ्कित झण्डा फहराउने खेलाडीहरूलाई  देश फर्केपछि नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?