महिला एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै

महिला एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै

अर्थ चौतारी

महिला एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना ...

A A- A+

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल दिउँसो २:१५ बजे सुरु हुनेछ भने नेपाल र भारतको खेल मंगलबार साँझ ७:१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह ‘बी’मा श्रीलंका चार अंकसहित शीर्ष स्थानमा छ भने थाइल्याण्ड र बंगलादेश समान दुई अंकसहित दोस्रो र तेस्स्रो स्थानमा छन्। मलेसिया भने अंकबिहीन छ।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई/दुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?