मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

अर्थ चौतारी

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

A A- A+

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । भारतीय र मंगोलियन सेनाले संयुक्त रुपमा ‘नोमाडिक एलिफेन्ट २०२४’ सैन्य अभ्यास गरेका हुन् । यस वर्षको संयुक्त सैन्य अभ्यास भारतमा आयोजना गरिएको थियो । गत जुलाई ३ देखि शुरु भएको अभ्यासको उद्‌घाटन भारतका लागि मंगोलियाका राजदूत दम्बज्याभन गानबोल्द र भारतीय सेनाका मेजर जनरल प्रसन्न जोशीले गरेका थिए । अघिल्लो वर्षको सैन्य अभ्यास भने मंगोलियामा आयोजना गरिएको थियो । यस वर्षको सैन्य अभ्यासमा मंगोलियाका १ सय ५० र भारतका ४५ सैनिकको सहभागिता रहेको थियो । संयुक्त अभ्यासको समापनसँगै दुई मुलुकका सेनाबीच रक्षा सहकार्यलाई बढावा दिने विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?