घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

अर्थ चौतारी

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

A A- A+

धनगढी- विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ।घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए।उनका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन्। यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ।गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?