साउनमा ब्रत एवं उपवास : यस्तो छ धार्मिक महत्व

साउनमा ब्रत एवं उपवास : यस्तो छ धार्मिक महत्व

अर्थ चौतारी

साउनमा ब्रत एवं उपवास : यस्तो छ धार्मिक महत्व

A A- A+

खगेन्द्र अबस्थि काठमाडौँ । साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन् । सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।

यस्तो छ किम्नदन्ति

सोमवारको व्रत गर्नेहरूले अभक्ष्य अर्थात् तामसी भोजन खानु हुँदैन । सात्विक खाना खानुपर्छ, त्यो पनि एक छाक । फलफूल सेवन गर्न निषेध छैन । सोमवारको व्रत गर्दा सेतो फूल र बेलपत्र, धतुराको फूल आदि शिवलिङ्गमा चढ़ाएर पूजा गर्नुपर्छ । कुनै कामना वा इच्छा छ भने त्यो इच्छा मनमा सम्झिएर शिवपार्वतीको एकैसाथ पूजा गर्दै नमन गर्नुपर्छ । यसरी पूजा गर्दै शिव पञ्चाक्षर मन्त्र (ॐ नमः शिवाय) को जप गर्नुपर्छ । सोमवारको अङ्क २ हो, यसले चन्द्रमाको (आइत–सूर्य, सोम–चन्द्र, मङ्गल–मङ्गल ग्रह आदि) प्रतिनिधित्व गर्दछ । चन्द्रमा मनको सङ्केतक हो अनि चन्द्रमा भगवान शिवको मस्तकमा पनि विराजमान छन् । ‘चन्द्रमा मनसो जातः’ अर्थात् ‘चन्द्रमा मनको मालिक हुन्’ । तसर्थ मनको नियन्त्रण अनि नियमनमा चन्द्रमाको भूमिका हुन्छ । यसको सोझो अर्थ यो हो कि साधकले मनलाई नियन्त्रित गर्दा मुक्ति पाउँछन् । त्रिगुणातीत भाव प्राप्त गर्दछन् अनि यही नै साधकको जन्ममरणबाट मुक्तिको आधार बन्छ । सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई खुसी पार्छ । त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत र पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अन्य दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ

किन बस्ने ब्रत ?

ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ।

महिनाभरी नै बस्नुपर्छ ब्रत

श्रावण महिनामा बसिने ब्रत सबैभन्दा श्रेष्ठ ब्रत मानिएको छ । यो पापको मेटाउने वाला र मनोकामना पूर्ति गर्नेवाला ब्रतको रुपमा साउन महिनाको ब्रतलाई मान्न सकिन्छ । हिन्दू धर्ममा श्रावण महिनाभरी ब्रत बस्ने प्रणालीबाट प्रभावित भएर नै सबै धर्मले एक महिना भरी ब्रत बस्ने प्रक्रियाको सुरुवात गरेका हुन् ।जसरी गुड फ्राईडे मनाउन सुरु हुनुपूर्व ईसाईहरुले ४० दिनको उपबास बस्ने गरेका थिए । जसरी इस्लामहरुले रमजान महिनामा उपबास बस्ने गर्दछन् । उनीहरुदे सुरुवात गर्नुपूर्व नै हिन्दू संस्कृतिले साउनको ब्रतको महत्व बताईसकेको थियो । यो महिना निराहार या त फलाहार जसरी सकिन्छ ब्रत बस्नै पर्छ भन्ने कुरा हिन्दू धर्मका विभिन्न शास्त्रहरुमा नै उल्लेख गरिएको छ । ब्रत नै तप हो । ब्रत नै उपवास हो । यस ब्रतको कहिले र कसले सुरु गरे यो अलग नियम हो । नियमबाट हटेर जो मनोमानी रुपमा ब्रत तथा उपबास बस्ने गरेका छन् । त्यसमा केही धार्मिक महत्व रहेने छैन । व्रतले जीवनमा कुनैपनि प्रकारको रोग र शोकलाई अन्त्य गर्दछ । ब्रतको कारणले नै मोक्ष प्राप्त हुने गर्दछ । श्रावण महिनाको ब्रतका लागि पनि यसको छुट्टै नियमहरु रहेका छन् । सोमबार मात्रै बस्नुहोस् ब्रत ः चतुर्मासको अवधि चार महिनाको लागि हुने गर्दछ । जुन असार शुक्ल एकादशीको दिनदेखि कात्तिक शुक्ल एकादशीको दिनसम्म चल्ने गरेको छ । यो चार महिना विशेष गरी तिनै व्यक्तिहरुको लागि विशेष हुने गर्दछ कि जो ध्यान साधना र उपासना गरिरहेका छन् । तर श्रावण महिनामा ब्रत बस्नु सबै हिन्दूहरुको कर्तव्य हो । सोमबारको ब्रतहरु सोमबार बसेर मात्रै फल पाईन्छ भन्ने धेरै हिन्दूहरुको सोचाई हुन सक्छ । तर, त्यो सबै मिथ्या प्रचारबाजी मात्रै हो । श्रावण महिनामा जुन सुकै दिन ब्रत बसेपनि यसको बराबर फल पाईन्छ । यो चार महिना ब्रत बस्नुको बैज्ञानिक कारण पनि रहेको छ । यो चार महिना भनेको बर्खाको चार महिना हो । यी महिनाहरुमा हाम्रो पाचन प्रणाली कमजोर हुने गरेको छ । साथै हामीले पिउने पानीहरुमा धेरै व्याक्टेरीयाहरु हुनसक्छ । त्यसैले हरिशयनी एकादशी पछिको चार महिनाको लागि हामीहरुले आफ्नै स्वास्थ्यको लागि भएपनि व्रत बस्नुपर्ने हुन्छ । ती चार महिना मध्ये पनि श्रावण महिना सबैभन्दा महत्वपूर्ण महिनाको रुपमा मान्न सकिन्छ । त्यसैले सोमबार ब्रत बस्ने भनेर एक दिन ब्रत बस्ने र अरु दिन भने अस्वभाविक रुपमा खाएर होईन कि आफ्नो खानामा नियन्त्रण गरेर यो चार महिना कटाउन सकिन्छ । त्यसैले यो महिनाको ब्रत धार्मिक र सांस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेकोछ ।

यस्तो छ नियम

यी महिनाहरुमा सूर्याेदय भन्दा पहिले नै उठ्नु आवश्यक मानिन्छ । उठ्नासाथ राम्रोसँग नुहाउने र केही बेर मौन बस्नु आवश्यक मानिन्छ । यो समयमा साधुहरुको त झनै नियम कडा हुन्छ उनीहरुले दिनमा एक पटक भन्दा भोजन गर्न पाउँदैनन् । गर्न नहुनेकाम उक्त ४ महिनामा विवाह संस्कार, जात कर्म संस्कार, गृह प्रवेश आदि मंगल कार्य गर्नको लागि निषेध गरिएको छ । यस ब्रतमा दूध, शखर, दही, तेल बैगन, पत्तादार सब्जी, मोजन, मिठाई सुपारी, मासु, मदिरा आदि निषेध गरिएको छ । जसमध्ये, श्रावणमा पत्तादार सब्जी, साग इत्यादि, भदौमा दही, असोजमा दूध, कात्तिकमा प्याज, लसुन र दाल लगायतलाई निषेध गरिएको छ ।

पछुताउनुहोला

यदि तपाई श्रावण महिनामा व्रतका पालना गर्नुहुँदैन भने तपाई अवश्य पछुताउनु हुनेछ । यो महिनामा तपाईको मानसिक तनाव कम गर्न र पापको नास गर्नको लागि ब्रत आवश्यक छ । यदि यो महिनामा नियम विरुद्ध अन्न ग्रहण गर्नुहुन्छ । ब्रह्मचर्यको पालना गर्नुहुन्न भने यमे निश्चित छ कि तपाई गम्भीर रोगबाट ग्रस्त हुनुहुनेछ । यो व्रत महिला र पुरुष दुबैको लागि आवश्यक रहेको छ ।

यो कथा घोडाघोडी मदिरका पुजारी श्री संकर प्रसाद संज्यालको सहयोगमा तयार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?