२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

अर्थ चौतारी

२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

A A- A+

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ महिनापछि २४ सय अङ्कको बिन्दुमा पुगेको छ । दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको छ । असार १७ गते राती कांग्रेस र एमालेले सम्झौता गर्ने सुइँको पाएपछि सोही दिन बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिनमा परिसूचक २ दिन मात्रै घटेको छ । यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढ्दो स्थितिमा छ । यो समाचार तयार पार्दासम्ममा परिसूचक ३५ अंकले बढेर २४ सय अङ्कको बिन्दुमा सूचक पुगेको छ । यसअघि पनि कारोबार सुरु भएको ४० मिनेटको अवधिमा नै २४ सय अङ्कको बिन्दु पार गरेको थियो । यसक्रममा यतिबेलासम्म ४ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ ।

nepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?