टी-२० विश्वकप : विजेतालाई कम्तीमा ३२ करोड पुरस्कार

टी-२० विश्वकप : विजेतालाई कम्तीमा ३२ करोड पुरस्कार

अर्थ चौतारी

टी-२० विश्वकप : विजेतालाई कम्तीमा ३२ करोड पुरस्कार

A A- A+

वेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौं संस्करणको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रूपैयाँ बढी) जित्ने भएको छ। २० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर रहेको छ।  सुपर-८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। यस्तै नवौं, १०औ, ११औं र १२औं स्थानमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार प्रपात गर्नेछन्। यस्तै १३औं देखि २०औं स्थानमा रहने सहभागी टोलीले २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।  प्रत्येक टोलीले सेमिफाइनल र फाइनल बाहेक प्रत्येक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर प्राप्त गर्नेछन्।  प्रतियोगितामा नेपाल समूह ‘डी’ छ। नेपालले प्रतियोगिता खेल्नुअघि नै कम्तिमा २ लाख २५ हजार अमेरिकी डलर (झन्डै ३ करोड रुपैयाँ) पाउने पक्का भइसकेको छ। यस्तै एक खेल जिते थप ४१ लाख रूपैयाँ बढी प्राप्त गर्नेछ। ५५ खेल हुने यो प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकाका नौ रंगशालामा २८ दिनसम्म खेलाइदैछ। जसका कारण यो विश्वकप अहिलेसम्मकै ठूलो बनेको छ। सुपर ८ अघि ४० समूह चरणका खेल हुनेछन्। दुई समूहमा हुने सुपर-८ बाट चार टोली सेमिफाइनल पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?