काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि राजनीतिक सत्ता समीकरणमा फेरबदल आएको थियो । बेचनले नेपाली कांग्रेसकी नेतृ एवं हालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पोलेको धेरैको आकलन थियो । प्रचण्डको पनि त्यतैतर्फ अभिव्यक्ति सोझ्याएका छन् ।
प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो गर्न खोज्दाखोज्दै भ्रष्टहरुले नदिएको बताए । उनले यो कुरा जनताले पनि बुझेको बताए । माओवादी नेपाली जनताको भरोसाको पार्टी बन्ने उनको दाबी छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच