समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

अर्थ चौतारी

समाजवादी मोर्चाको बैठक जारी

A A- A+

काठमाडौं– समाजवादी मोर्चाको बैठक शुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु भएको हो । समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ । समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?