मधेस सरकारको बजेटमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

मधेस सरकारको बजेटमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

अर्थ चौतारी

मधेस सरकारको बजेटमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

A A- A+

जनकपुरधाम – मधेस प्रदेश सरकारको बजेटमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटसम्बन्धमा उठेको सवालमा छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको सदनमा जानकारी गराए।

उनले समिति गठनको प्रक्रिया र कार्यजिम्मेवारी निर्धारण गर्नका लागि वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए।

मधेस सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरेको बजेट ह्याक भएको भन्दै जसपा नेपाललगायतका दलहरुले मुख्यमन्त्रीलाई रेडबुक संशोधन गर्नुपर्ने भन्दै मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र समेत बुझाएका थिए। त्यसयता प्रदेशसभा बैठक जसपा नेपालका सांसदहरुले अवरुद्ध गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?