सिमलताल दुर्घटनाः चितवन प्रशासनले सार्वजनिक गर्‍यो दुई बसका यात्रुको विवरण

सिमलताल दुर्घटनाः चितवन प्रशासनले सार्वजनिक गर्‍यो दुई बसका यात्रुको विवरण

अर्थ चौतारी

सिमलताल दुर्घटनाः चितवन प्रशासनले सार्वजनिक गर्‍यो दुई बसका यात्रुको ...

A A- A+

चितवन । गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ ।

सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान आएको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको नाम सार्वजनिक भएको छ । गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आज बेलुका सार्वजकि गरेको विवरणमा आफन्तले दाबी गरेका, बसको यात्रु चलानीमा उल्लेख भएका यात्रुका विवरण छन् । सार्वजनिक विवरण अनुसार १० जना भारतीय नागरिक भएको उल्लेख गरिएको छ । यद्यपि केही विवरणमा अझै अन्यौल रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार सोमबार दिनभर खोजी गर्दा एउटा थप मात्रै थप शव भेटिएको छ । भने, दुईवटै बस र बाँकी ५१ जना यात्रुको अहिलेसम्म पत्ता लागेको छैन ।

प्रहरीले भेटाएको मध्ये १४ जनाको शव मध्ये ७ जनाको पहिचान खुलेर आफन्तले जिम्मा लिइसकेका छन् भने बाँकी ७ जनाको पहिचान खुलेको छैन । शुक्रबार भरतपुर २९ सिमलतालमा दुई वटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा पुर्याएपछि सोही दिनदेखि तालिमप्राप्त गोताखोरसहितको टोलीले लगातार खोजी गरेका छन् ।

खोजीमा सहयोग हुने प्रविधिसहित खोजी कार्य जारी भएपनि लेदोसहितको धमिलो पानी र पानीको उच्च बहाबका कारण खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न उद्दारकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?