नक्कली सुन ६० लाखमा बिक्री गरेको आरोपमा एक जना पक्राउ

नक्कली सुन ६० लाखमा बिक्री गरेको आरोपमा एक जना पक्राउ

अर्थ चौतारी

नक्कली सुन ६० लाखमा बिक्री गरेको आरोपमा एक जना ...

A A- A+

काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?