सडकमा निर्माण सामग्री छाड्नेलाई महानगरले कारबाही गर्ने

सडकमा निर्माण सामग्री छाड्नेलाई महानगरले कारबाही गर्ने

अर्थ चौतारी

सडकमा निर्माण सामग्री छाड्नेलाई महानगरले कारबाही गर्ने

A A- A+

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण सामग्री राखेर काम सकेपछि सफा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सडक, पेटीलगायत सावजनिक स्थानमा व्यक्तिगत निर्माण सामग्री राख्ने र काम सकेपछि पूर्ववत् अवस्था नभई छाड्नेलाई महानगरले कारबाहीको चेतावनी दिएको हो। निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले यो निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उनको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । “यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ’, उपप्रमुख डङ्गोलले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?