संसद्‌मा उपेन्द्र, अशोक र महन्थ एकै ठाउँमा

संसद्‌मा उपेन्द्र, अशोक र महन्थ एकै ठाउँमा

अर्थ चौतारी

संसद्‌मा उपेन्द्र, अशोक र महन्थ एकै ठाउँमा

A A- A+

काठमाडौँ । एक समय एउटै पार्टीबाट अलग भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई संसद्‌मा एकै ठाउँमा बसेका छन् ।एक समय यी तीन नेताहरू जसपा नेपालमा थिए । सोही पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए । पछिल्लो समय जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका छन् ।पार्टी विभाजनपछि यी नेताबिच बोलचाल समेत ठप्प थियो र छैन पनि । तर आज प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने संसद् बैठकमा यी तीन नेता एकै ठाउँमा बसेका छन् । यद्यपि, यी तीन नेता अलग अलग पार्टीको नेतृत्वमा भए पनि हाल एउटै गठबन्धनमा रहेका छन् । कांग्रेस–एमाले गठबन्धनलाई यी तीनै जना नेताले समर्थन गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?