गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज

अर्थ चौतारी

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक ...

A A- A+

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका छन् । काठमाडौँबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदLबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तको बसेका छन् ।नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?