काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । तोडफोड गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । उनीहरुलाई प्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।उनीहरुले २६ असारमा बिहानीपख सवा ३ बजे एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । एटीएम मेसिन तोडफोड गर्न प्रयोग भएको रड पनि प्रहरीले बरामद गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच